Logo

भवानी कार्की

भाद्र १७, २०७९ शुक्रबार

हेल्प टु हेल्प फाउन्डेसनद्धरा ज्येष्ठ नागरिकलाई सम्मान


काठमाडौँ । हेल्प टु हेल्प फाउन्डेसनले काभ्रेको पनौती नगरपालिकामा बृहत् सँस्कृतिक कार्यक्रम तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रम संयोजक लक्ष्मी अधिकारीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जराको प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको उपस्थिति रहेको थियो ।

‘संस्कृति बचाऊँ र संस्कृति जोगाऊँ’ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित कलाकाहरुको व्यवस्थापन भने फाउन्डेसनका महासचिव कृष्णप्रसाद तिमल्सिनाको नेतृत्वमा गरिएको थियो ।

कार्यक्रममा ७ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । उपस्थित ज्येष्ठ नागरिकलाई दोसल्ला तथा मायाको चिनोद्धरा सम्मान गरिएको थियो ।

यस अघि पनि विभिन्न कार्यक्रम गर्दे आएको फाउन्डेसनले सांस्कृतिक कार्यक्रमसँगै सामाजिक कार्य पनि गर्दे आइरहेको फाउन्डेसनका उपाध्यक्ष नवराज फुयाँलले बताए ।

फाउन्डेसनले ज्येष्ठ नागरिकसँगै अनाथ बालबच्चाहरूको शिक्षा र लालन पालनका क्षेत्रमा समेत सहयोग गर्दे आइरहेको छ ।