Logo

बागमती पेज

भाद्र १८, २०७९ शनिबार

कपन क्याम्पस अध्यक्षमा चौथो कार्यकालका लागि कुमार ओझा पुनः निर्वाचित


काठमाडौँ । कपन बहुमुखी क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा कुमार प्रसाद ओझा पुन: निर्वाचित भएका छन् ।

अध्यक्ष ओझा समेत संचालक समितिमा २१ जना सर्वसम्मत निर्वाचित भएको क्याम्पस प्रमुख भुमिदत्त पौडेलले जानकारी दिएका हुन् ।

शनिवार कार्की इभेन्टमा भएको तेस्रो क्याम्पस सभाबाट ओझा चौथो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा भवानी दाहाल, उपाध्यक्षमा मीना पराजुली निर्वाचित भएका हुन् ।

सदस्यहरुमा:

शंकरराज न्यौपाने
माधव प्रसाद आचार्य
हरीराम ढंगाना
तेजकुमार केशी
डोरप्रसाद आचार्य
स्याम कुमार तिमसिना
इ. राजेन्द्र पौडेल
सारदा आचार्य
सुरेश तामाङ
प्रा.डा. कमल गौतम
केदारराज पुडासैनी
संगम गहतराज
बलराम पराजुली
सन्तोष तिम्सिना
लक्ष्मिप्रसाद संग्रौला
रमादेवी राई
संजिता पौडेल
महिन्द्र सुनार

नव निर्वाचित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद ओझाले आगामी कार्यकालमा कलेजमा नभएका विभिन्न संकाय थप गर्ने, पढाईको गुणस्तरलाई ध्यान दिँदै उत्कृष्ठ नतिजा ल्याउन पहल गर्ने, निर्माणाधिन भवनलाई व्यवस्थित र सुन्दर बनाउने तथा आर्थिक रुपमा कलेजलाई अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।