Logo

मेघनाथ पहाडी

भाद्र २१, २०७९ मंगलबार

सिन्धुली क्षेत्र नं १ को २ बाट एमाले नेता कार्की सर्वसम्मत सिफारिस


काठमाडौँ । सिन्धुली निर्वाचन क्षेत्र नं १ को २ प्रदेश सभामा नेकपा एमाले जिल्ला अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार) सर्वसम्मत सिफरिस भएका छन् ।

निर्वाचन क्षेत्र समन्वय प्रदेश १ को २ कमिटीले आगामी मंसिर ४ गते हुँने आसन्न निर्वाचनका लागि नेता कार्कीलाई सर्बसम्मत सिफारिस गरेको हो । एमालेका नेता राम कुमार कार्की जिल्लामा निकै प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

आफैँले केही गर्नुपर्छ भनि २०६९ सालबाट किवी खेती गर्दै आएका उनी सफल कृषक समेत बनेका छन् । कृषि क्षेत्रलाई प्राथामिकताका साथ लिएर उनले अन्य कृषकहरुलाई समेत उत्प्रेरणा दिन सफल भएका छन् ।

०३९ सालदेखि अनेरास्ववियु हुँदै आएका नेता कार्की ०४४ सालदेखि संगठनमा सक्रिय रुपमा काम गर्दै आएको बताउछन् । २०५४ सालमा महादेव डाँडा गाउँ विकास समितिको अध्यक्ष भएपश्चात नेता कार्कीले निकै लोकप्रिय काम गरेका थिए ।

उनी निर्वाचन क्षेत्र समन्वय प्रदेश कमिटी १ मा ०६४ साल देखि ०७० साल सम्म २ कार्यकाल संयोजक समेत बनेका थिए । नेकपा एमालेको छैटौं जिल्ला कमिटीबाट ०६९ सालमा सचिवालय सदस्य बनेका कुमार बहादुर कार्की सातौं जिल्ला कमिटीबाट जिल्ला अध्यक्ष समेत हुन सफल बने । उनी यस अघि भूमि आयोगको जिल्ला अध्यक्ष समेत बनेका थिए ।

यस अघि सिन्धुली निर्वाचन क्षेत्र नं १ को २ मा एमालेका नेता प्रदीप कटुवाल निर्वाचित भएका थिए । यो क्षेत्रलाई एमालेको पक्कड क्षेत्रको रुपमा समेत चिनिन्छ ।

यस पटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रसले गठबन्धन गर्दा समेत नेकपा एमाले नै चुनवा जित्ने अनुमान समेत गरिएको छ ।