Logo

बागमती पेज

भाद्र २३, २०७९ बिहीबार

पशुपति मन्दिर क्षेत्रमा पनि बालेनको एक्सन


काठमाडौँ । पशुपति मन्दिर क्षेत्रमा रहेका अव्यवस्थित संरचना हटाउन काठमाडौं महानगरपालिकाले पहल थालेको छ ।

काठमाडौं महानगर पालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गरेको थियो । तर अटेर गरेको भन्दै अव्यवस्थित संरचना हटाउन थालिएको महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत जानकारी दिए ।

पटक पटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीहरूले नमाने पछि आफै फिल्डमा उत्रनु परेको बताए । उनले काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाअध्यक्षहरूको यसमा साथ समर्थन रहेको र अव्यवस्थित संरचनाहरू खालि गराउन सके सबैमा समस्याको समाधान हुने बताए ।

पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाई आज आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए भोलिदेखि महानगरले सामान उठाएर लाने समेत संगतले जानकारी दिए ।

यस्तै काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।