Logo

बागमती पेज

भाद्र २७, २०७९ सोमबार

साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्दै


काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गरेको थियो । समूह चरणको लयलाई कायम राख्दै फाइनल पुग्ने योजनामा नेपाल छ ।

नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।