Logo

बागमती पेज

भाद्र २९, २०७९ बुधबार

ह्वात्तै घट्ने भयो खाने तेलको मूल्य


काठमाडौँ । सरकारले उच्च दरले खाने तेलको भन्सारदर घटाएको छ । अर्थ मन्त्रालयअन्तर्गतको कर प्रशासन सुधार्न बनेको समितिले दिएको सिफारिसलाई आधार मानेर खाने तेलको कच्चा पदार्थको भन्सारदर ९० प्रतिशत घटाउने निर्णय गत साता बसेको मन्त्रिपरिषद्‌बाट गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दजन शर्माले गत १५ जेठमा सार्वजनिक गरेको बजेटमा चलाएका करका दरहरूले अन्तर क्षेत्रमा प्रभाव पारेको भन्दै उद्योगी व्ययसायीले सरकारलाई निर्णय सच्चाउन भनेका थिए ।

सोही मागलाई सम्बोधन गर्न गठन गरिएको समितिले गरेको सिफारिसको आधार सरकारले विभिन्न वस्तुहरूको भन्सारदर घटाएको हो । पछिल्लोपटक खाने तेलको मूल्य अत्यन्तै बढेको अवस्थामा त्यसको कच्चा पदार्थमा ९० प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उपभोक्त मूल्य पनि घट्ने भएको हो ।

यसअघि खाने तेलको कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार रहेको मा १ प्रतिशतमा झार्ने निर्णय गरिएको छ । खाने तेलको मूल्य अत्यन्तै वृद्धि हुँदा उपभोक्ताको भान्सा महँगिएका बेला अर्थमन्त्री शर्माले सरकारले लिने कर घटाएर उपभोक्तालाई चाडवाडका बेला राहत दिएका छन् ।

सोयाविन, सनफ्लावर, पाम तेलको कच्चा तेलको भन्सार १० प्रतिशत थियो । चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री शर्माले तयारी वस्तुको भन्सार घटाएर ५ प्रतिशतमा झारेका थिए । अहिले बिस्कुट उद्योगले विदेशबाट तयारी वस्तु मगाउँछ । यस अघिसम्म उनीहरू पनि १५ प्रतिशत भन्सार तिरेर तयारी पाम आयल मगाइरहेका थिए ।

मन्त्री शर्माका कारण भटमास, तोरी, सनफ्लावर र पामको कच्चा तेल ल्याउँदा १० प्रतिशत भन्सार थियो । अहिले १ प्रतिशत बनाइएको हो । अर्थात ९० प्रतिशत छुट दिएको छ । मूल्य अभिवृद्धि कर यथावत छ ।

अहिले तीन वटै वस्तुको अन्तर्राष्ट्रिय मूल्य प्रतिटन १ हजार ३ सय डलर छ । त्यसको हिसावले सोयाविन र पाम तेलको मूल्य लिटरमै १६ देखि १७ रुपैयाँ सस्तो पर्छ भने सनफ्लावरको मूल्य प्रतिलिटरमै २० देखि २२ रुपैयाँसम्म सस्तिने उद्योगीहरूको भनाइ छ । सरकारले उच्च दरले खाने तेलको भन्सारदर घटाएको छ । अर्थ मन्त्रालयअन्तर्गतको कर प्रशासन सुधार्न बनेको समितिले दिएको सिफारिसलाई आधार मानेर खाने तेलको कच्चा पदार्थको भन्सारदर ९० प्रतिशत घटाउने निर्णय गत साता बसेको मन्त्रिपरिषद्‌बाट गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दजन शर्माले गत १५ जेठमा सार्वजनिक गरेको बजेटमा चलाएका करका दरहरूले अन्तर क्षेत्रमा प्रभाव पारेको भन्दै उद्योगी व्ययसायीले सरकारलाई निर्णय सच्चाउन भनेका थिए ।

सोही मागलाई सम्बोधन गर्न गठन गरिएको समितिले गरेको सिफारिसको आधार सरकारले विभिन्न वस्तुहरूको भन्सारदर घटाएको हो ।

पछिल्लोपटक खाने तेलको मूल्य अत्यन्तै बढेको अवस्थामा त्यसको कच्चा पदार्थमा ९० प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उपभोक्त मूल्य पनि घट्ने भएको हो ।

यसअघि खाने तेलको कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार रहेको मा १ प्रतिशतमा झार्ने निर्णय गरिएको छ । खाने तेलको मूल्य अत्यन्तै वृद्धि हुँदा उपभोक्ताको भान्सा महँगिएका बेला अर्थमन्त्री शर्माले सरकारले लिने कर घटाएर उपभोक्तालाई चाडवाडका बेला राहत दिएका छन् ।

सोयाविन, सनफ्लावर, पाम तेलको कच्चा तेलको भन्सार १० प्रतिशत थियो । चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री शर्माले तयारी वस्तुको भन्सार घटाएर ५ प्रतिशतमा झारेका थिए ।

अहिले बिस्कुट उद्योगले विदेशबाट तयारी वस्तु मगाउँछ । यस अघिसम्म उनीहरू पनि १५ प्रतिशत भन्सार तिरेर तयारी पाम आयल मगाइरहेका थिए ।

मन्त्री शर्माका कारण भटमास, तोरी, सनफ्लावर र पामको कच्चा तेल ल्याउँदा १० प्रतिशत भन्सार थियो । अहिले १ प्रतिशत बनाइएको हो । अर्थात ९० प्रतिशत छुट दिएको छ । मूल्य अभिवृद्धि कर यथावत छ ।

अहिले तीन वटै वस्तुको अन्तर्राष्ट्रिय मूल्य प्रतिटन १ हजार ३ सय डलर छ । त्यसको हिसावले सोयाविन र पाम तेलको मूल्य लिटरमै १६ देखि १७ रुपैयाँ सस्तो पर्छ भने सनफ्लावरको मूल्य प्रतिलिटरमै २० देखि २२ रुपैयाँसम्म सस्तिने उद्योगीहरूको भनाइ छ ।