Logo

बागमती पेज

आश्विन २, २०७९ आईतबार

“जागिरः एक अनुभूति” नामक पुस्तकमाथि परिचर्चा


काठमाडौँ –  लेखक मोदनाथ सादाको संस्करणसंग्रह “जागिर: एक अनुभूति” नामक पुस्तकमाथि परिचर्चा गरिएको छ । शुक्रवार एक कार्यक्रमकाबिच सादाको उक्त पुस्तकमा परिचर्चा गरिएको हो । 

त्रिशूली वाङमय प्रतिष्ठानको आयोजनामा भएको यस कार्यक्रममा डा। नवराज लम्साल, श्रीहरि फुयाँल, आरएम डङ्गोल लगायत उपस्थित विभिन्न व्यक्तिले पुस्तकमाथि चर्चा गरेका थिए । 

पछिल्लो समयमा सरकारी जागिरप्रति युवावर्गले देखाएको मोह र त्यसबाट समाजले सोच्ने दृष्टिकोणलाई पुस्तकमा प्रस्तुत गरिएको छ । आम मानिसमा सरकारी जागिर खानेप्रति दुईवटा धारणा रहेको लेखकको भनाइ छ । “जागिर खाने र जागिरले खाने”जागिर खाएकाहरुले इमानदारीताका साथ काम गर्छन्, छलकपट गर्दैनन् र जागिरले खाएकाहरु आफ्नो नैतिकता, बेच्छन् र बिलासी जिबन चाहन्छन् । 

कार्यक्रममा सादाले त्रिशूली वाङमय प्रतिष्ठानका संस्थापक सदस्य श्रीहरि फुयाँललाई जीवित हुँदै रथयात्रा गर्नुपर्ने प्रस्ताव राखेका छन् । समाजमा मान्छे बितिसकेपछि उसलाई गरिने सम्मान भन्दा जीवित हुँदा गरिने सम्मानले स्थान पाउने सादाले उल्लेख गरे । 

त्यस्तै नवराज लम्सालले एउटा जागिरेको सन्देशमूलक अनुभूति रहेको पुस्तक रहेको बताए । लम्सालले थपे “अहिले प्रविधिको युगमा इतिहासका कुराहरू सम्पूर्ण सजिल्यै प्राप्त हुने गर्दछ आफ्नो निजी अनुभवलाई समेटेर पुस्तक लेख्न सक्नु नै ठुलो कुरा हो” । 

जीवनको एउटा पाटो जागिर रहेको आरएम डङ्गोलको भनाइ छ । त्यस्तै डङ्गोलले श्रीहरि फुयाँल सम्मानित हुँदा सिङ्गो राष्ट्टनै सम्मानित हुने कुरा व्यक्त गरे । 

“जागिर: एक अनुभूति” नयाँ उत्कृष्ट कृति रहेको श्रीहरि फुयाँलले बताए । “जागिर खाँदा जस्तोसुकै बाधा अड्चन आए पनि त्यसलाई सजिल्यै समाधान गर्न सक्नुपर्छ” । त्यस्तै फुयाँलले आफूमाथि गरिएको निर्णयलाई स्वीकार्य रहेको समेत बताए ।