Logo

बागमती पेज

आश्विन ३, २०७९ सोमबार

स्ववियु निर्वाचन विश्वविद्यालयको तालिकामा राख्न जरुरी


काठमाडौँ । एमाले निकट संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले स्ववियु निर्वाचन विश्वविद्यालयको शैक्षिक तालिकामा राख्न जरुरी रहेको बताएकी छन् ।

हार्दिक होटलमा भएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष बरालले स्ववियु निर्वाचन नभएका कारण विश्वविद्यालयको पढाईमा गुणस्तर खस्केको समेत दावी गरिन् । स्ववियु निर्वाचन नभएका कारण विभिन्न विश्वविद्यालयहरु कम जवाफदेही भएको उनको आरोप छ ।

उक्त कार्यक्रममा अध्यक्ष बरालले सरकारले प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको धारणा राखेकी थिईन् । शिक्षामा सबैको पहँुच सहज र सरल हुनुपर्ने उनको भनाई थियो ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको असोज १/२ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले शैक्षिक नीति, राजनैतिक र समसामयिक निर्णय र प्रस्तावहरु सार्वजनिक गरेको थियो ।