Logo

बागमती पेज

आश्विन ५, २०७९ बुधबार

भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर


काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो ।

आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आह्वान गरेको हो । अहिले ३६४ मेगावाट बिजुली भारतथ निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३सम्म यो परिमाणका विद्युत खरिद गर्न टेन्डर गरेको हो ।

यसअनुसार करिब ६ महिना भारतबाट करिब ४ सय मेगावाट बराबारको बिजुली भारतबाट किन्नुपर्ने देखिएको छ ।

गत वर्ष प्रतिस्पर्धामार्फत विद्युत् खरिद नगरी भारतीय ऊर्जा एक्स्चेन्ज बजारबाट खरिद गर्दा प्राधिकरणले महँगोमा बिजुली किन्नु परेको थियो । रातमा समयमा बिजुली प्रतियुनिट १२ भारुसम्म परिरहेकाले प्राधिकरणले ऊर्जा एक्स्चेन्ज बजारमाट बिजुली नलिई एजेन्सीहरुबाटै आपूर्ति लिन तयारी गरेको हो ।

रुस-युक्रेन युद्ध चर्किएपछि भारतमा बिजुलीको मूल्य आकाशिएको छ । जसका कारण भारतीय विद्युत व्यापार गर्ने एजेन्सीहरुले पनि आवधिक समझौता गरेर विद्युत् विक्री गर्ने सम्भावना कम हरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।