Logo

बागमती पेज

आश्विन ५, २०७९ बुधबार

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन


काठमाडौं । संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपतिको पुतला पनि जलाएका छन् ।

विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ संगठनले राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपतिको पुतला जलाउँदै सडकमा नस्किएको हो ।