Logo

बागमती पेज

आश्विन ६, २०७९ बिहीबार

बिहे गर्दै बुद्धि तामाङ, शुक्रबार लगन हुने


काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग शुक्रबार विवाह गर्न लागेका छन् । तामाङले परम्पराअनुसार विवाह गर्दैछन् ।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।

३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।