काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअघिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको हो ।
सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा थियो । तर, वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।
तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए ।

 
                            

 
            











 
             
             
             
            
प्रतिक्रिया दिनुहोस्