Logo

भवानी कार्की

आश्विन ११, २०७९ मंगलबार

दोलखामा नेकपाको ३३ वर्षे किल्ला तोड्ने नेपाली कांग्रेसको तयारी


काठमाडौँ । विगत ३ दशक भन्दा लामो समयदेखिको नेकपाको किल्ला तोड्न नेपाली कांग्रेस तयारीका साथ लागेको नेपाली कांग्रेस शैलुङ गाउँपालिका सभापति कृष्णधोज योञ्जनले बताएका छन् ।

नेपाली कांग्रेस शैलुङ गाउँपालिका कार्यसमितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमा सम्बोधन गर्दै आगामी मंसिरमा हुने निर्वाचनमा दोलखा प्रदेश निर्वाचन क्षेत्र २ मा गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउने अभियानमा कांग्रेस लागि परेको सभापति योञ्जनले बताएका हुन् ।

योञ्जनले ३३ वर्षदेखिको एमाले र कम्युनिष्टलाई हराएर आगामी दिनमा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । मंसिरमा हुँने निर्वाचनमा दोलखामा यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले नयाँ ईतिहास कायम गर्दै जित हासिल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता परियारले विगतमा एमालेको सरकार हुँदा संविधानको भावना नबुझि संविधानको विपरित विभिन्न कार्य गर्दा देशले आज संकट भोग्नु परेको भन्दै यस निर्वाचनमा नेपाली कांग्रेसको तथा गठबन्धनको नेतृत्वमा सरकार चलाउन आवश्यक रहेको बताईन् ।

अन्य वक्ताहरुले दोलखामा स्थानीय निर्वाचनको आँकलन गरेर पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले नयाँ ईतिहास रच्ने विस्वास व्यक्त गरे ।

शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता अजयवाबु सिवाकोटी, कुन्दनराज काफ्ले, जिल्ला सभापति वर्मा लामा, तारा बहादुर कोईराला, रुद्र खड्का, चित्र बहादुर कार्कीलगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।