Logo

बागमती पेज

आश्विन १२, २०७९ बुधबार

नेपालमै पहिलोपटक खाना पकाउने कलाको प्रतिश्पर्धा


काठमाडौँ । नेपालमै पहिलो पटक खाना बनाउने कला सम्बन्धि प्रतिश्पर्धात्मक रियालिटी टिभि शो प्रशारण हुने भएको छ । हिमालयन टेलिभिजनबाट आगामी मंसिरबाट प्रशारणहुने तयारी भईरहेको हो ।

सेफ नेपालद्वारा आयोजित उक्त रियालिटी शो मा प्रतिश्पर्धिहरुले टिपिकल नेपाली खाना पकाउने प्रतिश्पर्धा गरिने पत्रकार सम्मेलन मार्फत आयोजक टिमले जनाएको छ । सेफ नेपाल अन्तर्राष्ट्रिय स्तरको खाना पकाउने कला सम्बन्धि शो हो ।

कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी कर्ण शाक्यले नेपाल बहुजाति बहुभाषी मात्र नभएर विभिन्न प्रकारका खानाको परिकारले पनि भरिपूर्ण देश हो भन्दै नेपालको टिपिकल खाना कतै प्रवद्र्धन छैन । उनले यो रियालिटी शो मार्फत नेपाली खानाका परिकारलाई विश्व सामू चिनाउन सहयोग पुग्नेमा विश्वास रहेको बताए ।

शेफ नेपालका धर्मराज पाण्डेले नेपालमा खानाको विषयलाई लिएर कसैको चासो नगरेको समयमा यस किसिमको रियालिटी शो हुन आवश्यक देखेर नेपालमै पहिलो पटक खाना पकाउने कला सम्बन्धि प्रतिश्पर्धात्मक रियालिटी शो गर्न लागेको जनाए ।

त्यसैगरी शेफ गणेश ढकालले विश्वका जुन देशमा पुगेपनि नेपालको गुन्द्रुकलाई प्रवद्र्धन गर्ने गरेको अनुभव सुनाए । हामीले खाईने खाना कति हाईजेनिक छ त्यतातर्फ पनि हाम्रो ध्यान जान जरुरी हुन्छ ।

मिस नेपाल नेपाल अनुष्का श्रेष्ठले नेपाली मौलिक उत्पादन र टिपिकल नेपाली स्वाद यस कार्यक्रम मार्फत विश्वसामु चिनाउने उदेश्यरहेको बताईन् । उनले भनिन्, यस रियालिटी शो बाट बिना स्वाद, विना वास्ना र विना झन्झट टिभी मार्फत शो को आनन्द लिन सक्नेछौ र नयाँ कुरा सिक्ने मौका हामीले पाउने छौँ ।

सेफ नेपालको सेट भत्तपुर थिमि स्थित रोयल थाई हस्पिट्यालिटी भित्र रहेको छ । उक्त शो मा प्रतियोगिहरुले देशको कुनाकाप्चाबाट विभिन्न समूदाय तथा क्षेत्रबाट नौला पाक–कला प्रश्तुत गरी नेपाली खाना बजारमा नयाँ सम्भावनाको ढोका खोल्ने आयोजक टिमले आषा राखेको छ ।