Logo

बागमती पेज

आश्विन १४, २०७९ शुक्रबार

विपिन र दयाहाङको ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक


काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत देखिएका छन् । ट्रेलरमा दयाहाङ र सुरक्षाको आफ्नै घर किन्ने चाहनादेखि विपिनको घर लुकाएको प्रसंग समेटिएको छ । आकर्षक शैलीमा निर्माण भएको ट्रेलरले फिल्म प्रति दर्शकको कौतुहलता जगाउन सफल छ ।

४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङ, विपिन, सुरक्षा, र वर्षाको अलवा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री बालकलाकार आयुशी ढकालको समेत अभिनय छ ।