Logo

बागमती पेज

आश्विन २४, २०७९ सोमबार

सिन्धुलीमा एमाले आतङ्क, वडाध्यक्षका छोराको दादागिरी कठघरामा उभ्याउन क्रान्तिकारीको माग


काठमाडौँ । सिन्धुलीमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेतामाथि एमालेबाट निर्वाचित वडाध्यक्षका छोराले आक्रमण गरेका छन् ।

नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति सिन्धुलीका सचिवालय सदस्य तथा अखिल क्रान्तिकारी फिक्कल गाँउपालिका समिति अध्यक्ष बिपिन पहाडीमाथि आक्रमण भएको छ । गत असोज २२ गते राति ११ बजे उनीमाथि आक्रमण भएको हो ।

स्थानीय निर्वाचनको विभिन्न घटनाक्रम जोड्दै क्रान्तिकारीका नेता विपिन पहाडीमाथि शनिवार राति वडाध्यक्षका छोरा सहितको समूहले हातपात गरेका हुन् ।

सिन्धुलीको फिक्कल–३ का वडाध्यक्ष टेकबहादुर रजन मगरका छोरा ओम रजन मगर समेतको टिमले सुतिरहेको अवस्थामा उनीमाथी हातपात गरेको पहाडीले बागमती पेजलाई बताए ।

यसैक्रममा अध्यक्षका छोरा ओम रजन मगर सँग कुरागर्दा आफूले नभएर भाईहरुले समान्य हातपात गरेको जनाएका छन् । उनले भने, ‘हामीले त्यसकिसिमको आक्रमण भने गरेका होईनौं, सामान्य कुरा गर्नेक्रममा थोरै गल्ति भएको हो ।’

घटनापछि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युुनियत (क्रान्तिकारी) सिन्धुली समन्वय समितिले गम्भीर ध्यानाकर्षण गरेको छ । आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गरी कारवाही नगरिए आन्दोलन गर्ने भन्दै समितिका संयोजक विजय खड्काले विज्ञप्ति जारी गरेका छन् ।