Logo

बागमती पेज

आश्विन २६, २०७९ बुधबार

हिमाल आरोहणबाट ६ करोड ७१ लाख राजस्व संकलन


काठमाडौँ । सरकारले यस वर्ष हिमाल आरोहण स्वीकृति बापत ६ करोड ७१ लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ । सन् २०२२ जनवरी १ देखि अक्टुबर ११ सम्ममा विभिन्न हिमाल आरोहण गर्न प्रदान गरिएको स्वीकृतिमार्फत पर्यटन विभागले उक्त राजस्व संकलन गरेको हो ।

विभागका अनुसार अक्टुबर ११ सम्ममा छुट्टाछुट्टै गरी १०१ समूहमा कुल ८२२ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन् । जसमध्ये ६३१ जना पुरुष र १९१ जना महिला रहेका छन् ।

५ हजार मिटरमाथिका हिमश्रृखला आरोहणका लागि स्वीकृति प्रदान गरेको विभागले १० महिनामा राजस्व बापत ५ लाख २५ हजार ५० अमेरिकी डलर अर्थात् ६ करोड ७१ लाख २० हजार १३१ रुपैयाँ संकलन भएको जनाएको छ ।

नेपालीसहित हिमाल आरोहणका लागि यस वर्ष ६७ देशका आरोहीहरू नेपाल आएका छन् ।