Logo

बागमती पेज

आश्विन २८, २०७९ शुक्रबार

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत १७ पदकसहित आर्मी विजेता


काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको फेन्सिङ प्रतियोगितामा आर्मी विजेता बनेको छ ।

पदक तालिका शुक्रबार सकिएको खेलमा आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक हात पार्दै च्याम्पियन बनेको हो । बागमती प्रदेश कुल ८ पदकसहित दोस्रो भएको छ । बागमतीले ४ स्वर्ण, ३ रजत र एक कास्य पदकमा आफ्नो नाम लेखाएको छ ।

शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदसहित तेस्रो स्थानमा छ भने सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ । त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दा प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेको छ । नवौं राष्ट्रिय खेलकुदको शुक्रबार साँझ ४ बजे औपचारिक उद्घाटन गरिने भएपनि फेन्सिङ २४ गतेबाट सुरु गरिएको थियो ।