Logo

बागमती पेज

आश्विन ३१, २०७९ सोमबार

एसईई परीक्षा चैतमा र कक्षा १२ को वैशाखमा हुने बोर्डको सूचना


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाा चैतमा र कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन हुने सूचना जारी गरेको छ ।

परीक्षा बोर्डका अनुसार चैतको दोस्रो सातादेखि एसईईको परीक्षा सञ्चालन हुनेछ भने वैशाखको दोस्रो साताबाट कक्षा १२ को परीक्षा सुरु गरिनेछ । यस्तै, एसईईको नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने योजना रहेको समेत बोर्डले जनाएको छ ।

साथै, वैशाख अन्तिम सातादेखि कक्षा ११ को वार्षिक परीक्षा पनि सुरु हुने बोर्डले जानकारी दिएको छ ।