Logo

बागमती पेज

कार्तिक ४, २०७९ शुक्रबार

माथिल्लो तामाकोशी आयोजना एक हप्ता बन्द गरिने


काठमाडौं । माथिल्लो तामाकोशी आयोजनामा ८ देखि १५ कात्तिकसम्म विद्युत् उत्पादन बन्द हुने भएको छ । तिहारको समयमै प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर नियमित निरीक्षण गर्न लागेको हो ।

दोलखा जिल्ला, विगु गाउँपालिका, वडा नं १, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको हेडवर्क्स र् मुख्य सुरुङको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द हुने आयोजनाले जनाएको छ ।

यस अवधिमा जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा करिब ११/१२ घण्टा नदीको बहाव बढ्न जाने भएकोले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

लामाबगर, छैतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सनकोशी नदिको दोभानसम्म नै माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, वस्तुभाउ लैजाने गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न आयोजनाले आग्रह गरेको छ ।