Logo

बागमती पेज

कार्तिक ४, २०७९ शुक्रबार

असहाय बालबालिकालाई काठमाडौं महानगरले मासिक वृत्ति प्रदान गर्ने


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका असहाय बालबालिकालाई महानगरपालिकाले मासिक वृत्ति प्रदान गर्ने भएको छ । सो प्रयोजनका लागि महानगरले प्रस्ताव आह्वान गरेको छ ।

महानगरपालिका अनुसार बुबा-आमाविहीन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसेको वडा कार्यालयमा तोकिएका कागजात लिएर आवेदन दिन सक्नेछन् । शुक्रबारदेखि ३० दिन भित्र यस्तो आवेदन दिन सकिने भएको छ ।

आवेदन दिँदा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता भए त्यसको प्रतिलिपि, आमा–बुबा दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरपालिकाले जनाएको छ । विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत चाहिने महानगरको भनाइ छ ।