Logo

बागमती पेज

कार्तिक ६, २०७९ आईतबार

न्यूरोडमा पसल सजाइएका फूलमाला र गेट महानगरले हटायो


काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तिहारका लागि सजाइएको माला र गेट निकालेको छ । आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको बताए ।

‘न्यूरोडका सुन व्यवसायीले बाहिर फलामका डण्डीको पुत्लासहित बनाएर, गेटले पनि हिंड्ने मान्छेलाई असहज हुनेगरी राखेपछि हामीले हटाएका छौं,’ पाण्डेले भने, ‘चाडपर्वको बेला भीडभाड धेरै हुन्छ, यस्तै बेला अनि पसलेहरुले पसलभन्दा बाहिर संरचना बनाएपछि अरुलाई असर पर्ने भएकोले हटाएको हो ।’

‘महानगर प्रहरीले हामीले पसलमा चाडपर्वको लागि गरेको सजावट पनि उठाएर लगेको छ’, व्यवसायी भन्छन्, ‘चाडपर्वमा त आफ्नो पसल सजाउन पाइन्छ । तर काठमाडौं महानगरले त्यो पनि दिएन ।’