Logo

बागमती पेज

कार्तिक १४, २०७९ सोमबार

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन


काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

सो पार्टीले आफ्नो घोषणापत्रमा नेपालका ठुला नदी तथा तालहरुमा पर्यटक लक्षित साना पानी जहाज सञ्चालन गर्ने उल्लेख गरेको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन’लाई नेकपा एकीकृत समाजवादीले पनि एजेण्डा बनाएको छ ।

सो पार्टीले आफ्नो घोषणापत्रमा भनेको छ, ‘भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने छ ।’