Logo

बागमती पेज

कार्तिक १५, २०७९ मंगलबार

उपचार नपाएर हुम्लामा सुत्केरीको मृत्यु


हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा सुत्केरीको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ काँखेका २० वर्षीया रङ्गिता शाहीको मृत्यु भएको हो ।

दोस्रो सन्तान छोरीलाई जन्म दिएपछि शाहीको मृत्यु भएको हो। सुत्केरीपछि उनको स्वास्थ्यमा समस्या आएको थियो।

गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको स्थानीयले बताएका छन् । प्रायजसो दुर्गम जिल्लामा उपचार नपाएर सुत्केरी आमाहरुले अकालमै ज्यान गुमाउने गरेका छन्।