Logo

मेघनाथ पहाडी

कार्तिक १८, २०७९ शुक्रबार

निर्वाचन पछि जनतालाई निराशा बनाउने छैनौं : महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न मंसिर ४ मा हुने निर्वाचन पछि आम जनतालाई निराशा नबनाउने बताएका छन् ।

निर्वाचन नजिकिएसँगै देशमा चुनावी माहोल तातिरहेको बेला महामन्त्री थापाले काठमाडौँ महानगरपालिका वडा नं ८ चाबहिल स्थित गणेश मन्दिरबाट अशिर्वाद मागेर घरदैलो अभियानको शुरुवात गर्दैै यस्तो बताएका हुन् ।

महामन्त्री थापाले निर्वाचन पछि गठबन्धनको सरकारले संविधानको रक्षा गरेर शान्तिपुर्ण वातावरणमा राजनीतिक स्थिरताको प्रयोग गरेर समृद्धीको लक्ष्यमा पुग्ने बताएका थिए । निर्वाचित बनेपछि हामी कहिकतै चुक्ने छैनौ र झुक्ने पनि छैनौ भन्दै पाँच वर्ष सम्म मतको ईज्जत राख्ने प्रतिवद्धता जनाए ।

उनले भने, “विगतको पाँच वर्षमा भएको क्षतीको पुर्ति गरेर नेपालको राजनीतिको ईतिहासमा सर्वाधिक सफल कार्यकाल हामीले बनाउने कुरामा दृढ सङ्कल्प लिएका छौं । विकास निर्माणका अधुरा काम पुरा गर्ने र अन्य जनआकांक्षाहरु हामीले पुरा गर्नेछौं ।”

घरदैलो अभियानमा महामन्त्री थापाले आम निर्वाचन हाम्रो अवसर पनि हो र चुनौती पनि हो । पाँच दल एकठाउँमा भएका बेला कस्ले के जिम्मेवारी पाउने भन्दापनि प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा पुरा गर्न सक्छौ कि सक्दैनौ भन्ने नै हो । उनले जनअपेक्षा र आवश्यकता अनुसारका काममा ध्यान दिएर काम गर्नेमा विस्वस्थ पारेका थिए ।

उनले थपे निर्वाचन पछि आम जनतालाई हामीले निरासा बनाउने छैनौ, हामी चुक्ने छैनौ र झुक्ने पनि छैनौ । पाँच वर्ष सम्म यो मतको ईज्जत राख्ने छौं । विगतको पाँच वर्षमा भएको क्षतीको पुर्ति गरेर नेपालको राजनीतिको ईतिहासमा सर्वाधिक सफल कार्यकाल हामीले बनाउने कुरामा दृढ सङ्कल्प लिएका छौं ।

महामन्त्री थापाले आगामी गठबन्धनको सरकारले संविधानको रक्षा गरेर शान्तिपुर्ण वातावरणमा राजनीतिक स्थिरताको प्रयोग गरेर समृद्धीको लक्ष्यमा पुग्ने बताए ।