Logo

बागमती पेज

कार्तिक २१, २०७९ सोमबार

चीनमा कोरोना बढेपछि आइफोनको निर्यातमा ढिलाइ


काठमाडौँ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइफोनको सिपमेन्टमा ढिलाइ भइरहेको बताइएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार कोरोना महामारी रोकथामका लागि चीनले गरेको लकडाउनका कारणले आइफोनको सिपमेन्टमा ढिलाइ भइरहेको हो ।

अमेरिकी प्रविधि कम्पनी एप्पलले भर्खरै सार्वजनिक भएको आइफोन १४ प्रो र प्रो म्याक्स लिनलाई केही समय कुर्नुपर्ने भएको बताएको छ । चीन सरकारले कोरोना महामारी नियन्त्रणका लागि गरेको कडाइका कारणले अर्डरअनुसारको सामान पाउन केही समय कुर्नुपर्ने कम्पनीले बीबीसीलाई बताएको हो ।

कोरोनाको सङ्क्रमण बढेपछि चीनको उद्योगमा उत्पादन क्षमता घटेको छ । चीनमा अवस्थित विश्वकै ठुलो आइफोन निर्माता फ्याक्ट्री कोरोनाका कारणले नोभेम्बर २ देखि सात दिनका लागि बन्द भएको छ । चीन सरकारको ‘जिरो कोभिड’ नीतिअनुसार फ्याक्ट्री बन्द भएको हो ।