Logo

बागमती पेज

कार्तिक २७, २०७९ आईतबार

रवि लामिछानेको चुनाव प्रचार टोलीमाथि आक्रमण : दुई घाईते


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियान टोलीको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार प्रहरी अहिले घटनास्थलमा छ । रविको अवस्थामा सकुशल रहेको प्रहरीले जनाएको छ । सवारी चालक र एक जना सहयोगी सामान्य घाइते भएका छन् । ढुंगामुढा प्रहारले गाडीमा क्षति पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूले गठबन्धनका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरूले आफूहरूसँग भिडियो पनि रहेको बताएका छन् । अहिले भिडियो प्रहरीलाई उपलब्ध गराइएको र पछि सार्वजनिक गरिने उनीहरूको भनाइ छ ।