Logo

बागमती पेज

कार्तिक २९, २०७९ मंगलबार

मनोज जंग थापाको उम्मेदवारीः सिन्धुलीले पाएको एउटा अवसर !


काठमाडौँ । आम निर्वाचन २०७९ संघारमा छ । सिन्धुली क्षेत्र नं. २ मा पनि निर्वाचन गर्माएको छ । चुनावको पेरीफेरीमा सिन्धुलीको २ नं क्षेत्रमा इन्जिनियर मनोज जंग थापाको उमेदवारीको खवरले मननै तरंगित भएको छ । वल्ल एउटा वलियो नेता सिन्धुलीमा उमेदवार भएको चर्चाले मन दंगदास भएको छ ।

मैले चिनेको मनोज जंग थापा युवा हुँदै क्रान्ति र परिवर्तनका एजेण्डामा प्रष्ट थिए । कमलामाई नगर पालिका वडानं. ५ को मधुटारका बासिन्दा थापा को बाल्यकाल ग्वाङ खोलाको सुसाई संगै हुर्कियो । अमृत साईन्स पढ्दै गर्दा नै उनिमा राजनीतिक चेत हुर्किएको थियो ।

तात्कालिन मरुवाटार हालको मधुटारका सम्पन्न परिवारमा जन्मिएका उनि गरिव र निमुखाको पक्षमा वोलेको र हिँडेको देख्दा हामी समकालिनहरु अच्चम्ममा पर्ने गरेका थियौँ । त्यस वखत एउटा कुलिन परिवारमा जन्मिएर ति भुई मान्छेका कुरा गरेर हिँडेको देख्दा अचम्म हुन्थ्यौँ । यस्ता कुलिन परिवारमा जन्मिएकाले पनि राजनीति गर्छन् र भन्ने लाग्थ्यो ।

राजनीति गरिखाने वर्गको हातमा हुनु पर्छ । कि तिमि आफैँ नेतृत्व गर नभए तिमिलाई कम्जोरहरुले शासन गर्छन् भन्ने उक्ती जस्तै यीनिमा एक प्रकारको जुनुन थियो । यी तिनै निमुखाका कुरा गर्थे । निमुखा जनता संगै रमाउँथे ।

थापा जव इन्जिनियरिङका लागि भारत गए त्यहाँ दर्वान गर्ने नेपालीको पिरमार्का देखेर झनै राजनीतिमा लाग्न प्रेरित भए । वावुराम भट्टराईले नेतृत्व गरेको अखिल भारतिय नेपाली संघकोे महांसचिव बनेर तमाम नेपाली बिद्यार्थीका हक हितको पक्षमा काम गरे । त्यहाँ उनले नेपालवाट गएका विद्यार्थी र मजदुरको पक्षमा धेरैनै एतिहाँसिक काम गरे । जुन विषय इतिहाँसले सम्झिरहने छ ।

नेपालमा नागरिक अधिकार प्राप्तीको आन्दोलनको सर्मथन जुटाउनु संसार भरका ७० वढी देशहरुमा गए र लविङ गर्ने नेपाली नेताहरु मध्येमा मनोज जंग थापा एक हुन् । उनि जहाँ गए त्यहाँ नेपाली जनता र राष्ट्रका पक्षमा दरिलो रुपमा लविङ गरे । नेपालमा चलेको लोकतान्त्रिक अधिकार प्राप्तीको अन्तराष्ट्रिय समर्थन जुटाउन उनले खेलेको भुमिका स्मरणिय छ । मनोज जंग जहाँ गए जुन देशमा गएर लविङ गरे अहिले पनि त्यहाँवाट हुने रेष्पोन्स नेपाल र नेपाली प्रति अलग्गै र सम्मानयुक्त छ ।

यो समयमा मनोज जंग थापा नेकपा (एमाले) का केन्द्रिय सदस्य छन् । अझ एमालेको नीतिनिर्माणमा होस् या एमाले सरकारमा जाँदा नियुक्तीमा जाने वौदिक समुदाय भनेको नेपाल बुद्धिजिवि परिषद भन्ने संगठनमा आबद्ध छन् त्यो संगठनको पनि उनि इन्चार्जका रुपमा कार्यरत छन् । यो सम्बन्धले पनि सिन्धुलीको बिकासमा ठुलो फाईदा गर्ने देखिन्छ ।

जहिल्यै समुदायले वुझ्ने भाषामा आफ्ना कुरा राख्नु, स्पष्ट वोल्नु मनोज जंग थापाका विशेषता हुन् । उनि नेपालमा रहेका अन्तराष्ट्रिय मामलाका थोरै जानकार मध्ये एक हुन् । उनको रुची पनि यही क्षेत्रमा हो । अहिले पनि नेपालमा रहेका अन्तराष्ट्रिय कुटनितिक नियोगहरु नेपालका सन्दर्भमा कुनै कुराको चासो राख्नु प¥यो भने मनोज जंग थापाको भर्षन वुझन चाहान्छन् ।

हो मनोज जंग थापा सिन्धुलीले उमेदवारको रुपमा पाउनु आर्फैमा ठुलोे कुरा हो । आफ्ना कुरा प्रष्ट संग राख्नु उनको विशेषता हो । निडर छन् । शाहासी पनि त्यतीनै । कसै संग झक्नु यीनको विशेषता नै हैन । यिनी झुक्छन् निमुखा र गरी खाने जनसमुदाय संग । वस्छन् यही समुदायको माझमा ।

यिनि भारतमा दर्वान गर्न वसेनन् । त्यहाँ रहँदा पनि सिन्धुलीको छोरो अखिल नेपाल भारतिय विद्यार्थी संगठनको महासचिव भएर शान सहित वसे । संसार भर नेपालमा चलेको लोकतान्त्रीक अधिकार प्राप्तीको लागि भएको आन्दोलन को समर्थन जुटाउनु लागे । कहिलै आत्मसर्मपण गरेर भागेनन् । न यिनले लालच देखाए । न कसैलाई धम्क्याएर आर्थिक लाभ लिए । न भवन वनाउने नाममा आफ्नै आसेपासे राखेर हर हिसाव विहिन वनाएका छन् । न प्राकृतिक श्रोत दोहन गर्नुमा यिनको रुची देखिन्छ । न आफ्नै दल भित्रका आलोचक माथी निर्मम प्रहार गरेर पार्टी छोड्नु पर्ने वनाउँछन् । वरु सवैका विचार र भावना सुन्ने र संगै लिएर हिँड्ने क्षमता यिनले देखाएका छन् ।

निति निर्माण तहमा सिन्धुलीको विकासका लागि पाँच प को अवधारण सहित यिनले विकासलाई सुत्रवद्ध गरे । आउने दिनमा सिन्धुलीले विकासको गतीमा हिँड्न चालिने गन्तव्यको स्पष्ट खाका सहित हिँड्ने मनोज जंग थापा पहिलो उमेदवारको रुपमा सिन्धुलीमा आएका छन् ।

विरोधीलाई खुईल्याउनु उमेदवारको अनिवार्य सर्त जस्तै देखिएको नेपाली राजनीतिको तितो सत्यलाई मनोज जंग थापाले उल्ट्याई दिए । सिन्धुलीमा एमालेको प्रतिद्वन्दी शक्ती नेपाली काँग्रेस हो । काँग्रेस प्रति खनिएर आफ्नो उमेदवारीको प्रर्बधन गर्नु पर्नेमा उनले कुनै लान्छित शव्दवाँण छोडेनन् । नेपालको लोकतान्त्रिक व्यवस्था वलियो वनाउने हो भने एमाले र काग्रेसले मात्र सक्छन् । यि दुवै शक्तिले तिक्तता पुर्ण सम्वन्ध राख्नु भन्दा लोकतन्त्र बलियो बनाउन मित्रबत प्रतिष्पर्धा गर्नु पर्छ ।

त्यसैले नेपाली काँग्रस भनेको प्रतिष्पर्धी शक्ती हो भन्ने नेपाली नेता मध्यका मनोज जंग थापा पहिलो व्यक्तीहुन् । यो अवधारणवाटै प्रष्ट हुन्छ लोकतन्त्रको सौन्दर्य भनेको प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्नु हो । त्यसका लागि काँग्रस जस्तो प्रतिद्वन्दीलाई पनि बिश्वासमा लिएर प्रतिष्पर्धी शक्तीका रुपमा हेर्ने दृष्टिकोण वनाउनु मनोज जंगको राजनीतिक शहिष्णुताको अनुपम उदाहरण हो ।

सिन्धुलीले मनोज जंग थापा जत्तीको उमेदवार पाउनु आफैमा एउटा सुनौलो अवसर पनि हो । यिनीसंगको राष्ट्रिय अन्तराष्ट्रिय सम्वन्ध र नेपालको पनि नीतिनिर्माण तहमा बस्ने समुदाय संगको सहकार्यले गर्दा बिकास निर्माण, नीतिगत पैरवीमा गतिलो फाईदा सिन्धुलीले लिने देखिन्छ ।

सिन्धुलीले मनोज जंग थापावाट जे अपेक्षा गरेको छ त्यो पुरा हुने नहुने त्यो समयले वताउँदै जानेछ । यिनले चालेका पाइला हेर्दा पुरा हुनेमा बिश्वस्थ हुन सकिने आधार सम्पुर्ण कोणवाट देख्न सकिन्छ । मनोजजंग थापाले सिन्धुलीको विकास र राजनीतिको कसीमा कस्तो भुमिका निर्वाह गछन्, त्यो भविष्यमा निर्मम समिक्षा गर्दै जाउँला । यती वेला तपाई र मैले मनोज जंग जत्तीको उमेदवार पाउँदा एक पटक मतदान गर्नु पर्छ भन्ने ठम्याई मेरो रहेको छ । बाँकी तपाँई मतदाताको जिम्मामा ।

(लेखक : मान वहादुर वाईवा । स्थायी ठेगाना हरिहरपुरगढी गाउँपालिका, हाल सिंंगापुर)