Logo

बागमती पेज

मंसिर २, २०७९ शुक्रबार

निर्वाचन आयोगले २२ वटा स्थानिय तहमा विशेष निगरानी गर्ने


काठमाडौँ । निर्वाचन आयोगले २२ वटा स्थानिय तहमा विशेष निगरानी गर्ने भएको छ ।

स्थानिय तह निर्वाचनमा अस्वाभाविक मतदान भएको स्थानलाई संवेदनशील मानेर आयोगले विशेष निगरानी गर्ने भएको हो । स्थानिय तहको निर्वाचनमा औसत ७० दशमलव ९६ प्रतिशत मतदान हुदाँ २२ पालिकाका ४२ वडामा ९० प्रतिशतभन्दा बढी मत खसेको थियो । ती वडाका मतदानस्थल संवेदनशीलको सुचीमा परेका हुन् ।

आयोगले प्रायः सधैं बुथ कब्जा हुने गरेको दोलखाको बैतेश्वर गाउँपालिकालाई पनि निगरानीको सुचीमा राखेको छ । स्थानिय तहको निर्वाचनमा बैतेश्वर गाउँपालिका वडा नम्बर १ मा ९९ दशमलव ६५ प्रतिशत मत खसेको थियो । यस्तै, आयोगले पाँचथरको हिलीहाङ गाउँपालिकाका ७ वटा मतदानस्थल, बाजुराको ३, बझाङको ३ वटा मतदानस्थल, डोल्पाको ४, मुगुको तिन वटा मतदानस्थललाई संवेदनशील सुचीमा राखेर निगरानी गर्ने भएको छ ।

यस्तै सप्तरी, रौतहट र दार्चुलाको १/१ र हुम्लाको ३ वटा मतदान स्थल आयोगको विशेष निगरानीमा परेको छ । आयोगले संवेदनशील मतदानस्थललाई विशेष निगरानी गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उनकाका अनुसार ९० प्रतिशत भन्दा बढी मतदान भएका स्थानमा कर्मचारीको पनि निगरानी भइरहेको छ । अस्वाभाविक मतदान भएको मतदान स्थलको अनुगमन गर्न आयोगका पदाधिकारी नै जाने भएका छन् । अस्वाभाविक मत खसेको स्थानमा हेलिकोप्टरबाट पनि अनुगमन गर्ने तयारी भइरहेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।