Logo

बागमती पेज

मंसिर ४, २०७९ आईतबार

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा मतदान


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पोखरेलले टोखा नगरपालिका वडा नं ६ कार्यालयमा रहेको मतदान स्थलमा मतदान गरेका हुन् ।

मतदाता महानुभावहरु अत्यन्तै सकारात्मक र उत्साहित पाएको बताउदै पोखरेलले मतदानमा सहभागी बन्नका लागि अनुरोध समेत गरेका छन् ।