Logo

बागमती पेज

मंसिर ४, २०७९ आईतबार

दोलखाको मतदान केन्द्रमा ४ राउण्ड फायर : आक्रमण गर्न खोजेपछि तनाव !


दोलखा । दोलखामा प्रहरीले गोली चलाएको छ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा तनाव उत्पन्न भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको हो ।

एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको थियो । मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो ।

घटनापछि निर्वाचनमा खटिएका मतदान अधिकृत र कर्मचारीलाई सुरक्षा दिएर एउटा कोठामा राखिएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । उक्त घटनापछि मतदान रोकिएको छ ।