Logo

मेघनाथ पहाडी

मंसिर ४, २०७९ आईतबार

मतदान गर्दै राजन दाहालले भने, ‘गठबन्धनले जित्नेमा ढुक्क छु’


सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजन दाहालले मतदान गरेका छन् ।

उनले जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ५ स्थित लट्टेभञ्ज्याङ मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्दै उम्मेदवार दाहालले निर्वाचन उत्साहजनक रहेको जनाउँदै निर्वाचनको परिणाम आफ्नै पक्षमा आउनेमा ढुक्क रहेको जनाए ।

बागमती पेजसँग कुरा गर्दै दाहालले भने, “क्षेत्र नं २ का विकास निर्माणका काममा म प्रतिवद्ध भएर लाग्नेछु । विगतमा जिल्लाको समग्र विकासका कामको आधार हेर्नेहो भने पनि मैले धेरै काम गरेको हुँदा जनताले निर्वाचित गराउनुहुन्छ म विश्वस्थ छु ।”

राजन दाहाल यस अघि जिल्लाको क्षेत्र नं १ को प्रदेश सांसद रहेका थिए ।