Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

दोलखामा मतगणना ढिलाई


काठमाडौं । दोलखामा राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणनामा ढिलाई भएको छ ।

नेकपा एमालेले आइताबार निर्वाचनमा गठबन्धन दलले बुथ कब्जा गरेको भन्दै उजुरी गरेपछि गणना प्रकृयामा ढिलाई भएको हो । एमालेले जिल्लाको विभिन्न ५ बुथको निर्वाचन रद्ध गरी पुनः निर्वाचन गर्न माग गर्दै आइताबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो ।

उजुरी निर्वाच आयोगमा पुगेपनि आयोगबाट कुनै प्रतिक्रिया नआएपछि मतगणनामा ढिलाई भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।