Logo

बागमती पेज

मंसिर ६, २०७९ मंगलबार

गगनको फराकिलो मतान्तरको अग्रता पश्चात जित सुनिश्तित गर्दै कार्यकर्ताले गाय गीत (भिडियो सहित)


काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका महामन्त्री गगन थापाको भारी मतले अग्रता कायम भएसँगै कार्यकर्ता तथा मतदाताहरूले खुसी व्यक्त गरेका छन् ।

थापाले ५ हजार ९ सय ९१ मतले अग्रता कायम गरेपछि स्थानीयले मतगणना स्थलमै गीत गाएर खुसी साटेका हुन् । उनीहरूले “आफ्नो नेता छदैछन सदनलाई, प्रधानमन्त्री बनाऊँ है गगनलाई “भन्दै गीत गाइरहेका छन् ।

गगन थापालाई प्रधानमन्त्री भएको हेर्न चाहेको र जित सुनिश्चित भइसकेको उनीहरूको भनाई छ ।