Logo

बागमती पेज

मंसिर ८, २०७९ बिहीबार

‘सामाजिक उद्यम र मानव अधिकार’ सम्मेलन-२०२३ न्युयोर्कमा हुने


काठमाडौँ । सामाजिक उद्यम र मानव अधिकार सम्मेलन २०२३ न्युयोर्कमा हुने भएको छ । युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

ईन्टरनेशनल युथ सोसाईटीका अध्यक्ष डा. पिया रत्न महर्जनले न्युयोर्कमा हुने सो सम्मेलनमा विश्वका युवा उद्यमीहरुलाई उत्साहजनक रुपमा तालिम दिईने जनाएका छन् । अध्यक्ष महर्जनले तालिममा महत्वपुर्ण ज्ञानका कुराहरु सिकाउने भन्दै नेपाली युवाहरुलाई सम्मेलनमा भाग लिन समेत आग्रह गरेका छन् ।

ईन्टरनेशनल युथ सोसाईटीका सचिव मन्जु गौतमले नेपालबाट सम्मेलनमा सहभागी हुन “ईन्टरनेशनल युथ सोसाईटी” संस्थाको साधारण सदस्य बन्नुपर्ने र विभिन्न संघ–संस्थाबाट प्रतिनिधिको रुपमा समेत कार्यक्रममा सहभागी हुन पाईने जनाएकी छन् ।

ईन्टरनेशनल युथ सोसाईटीले यस अघि २०१८ मा थाईल्याण्डमा ग्लोबल लिडर सवमिट आयेजना कार्यक्रम गरेको थियो । २०२० मा अष्ट्रेलियाको मेलवोर्नमा “ग्लोबल लिडर सवमिट एण्ड सस्टेन टु दि अर्थ” सम्मेलनमा सहभागी सरोजराज श्रेष्ठले अन्तराष्ट्रिय सिप, क्षमता अभिवृद्धि, आधुनिक कृषि प्रयोजन, नयाँ प्रविधि प्रयोग लगायतका महत्वपुर्ण कुराहरुको जानकारी लिएको बताए । उनले युवाहरुको सोचलाई अझ बढवा हुँने र नेपालमै स्वरोजगार बन्ने वातावरण सिर्जना गरेको समेत बताए ।

४–५ मार्च २०२३ मा न्युयोर्कमा हुने सम्मेलनमा नेपाल, भारत, अष्ट्रेलिया, सिंगापुर, मलेशिया, कतार, दुवई, बेलायत, स्विडेन, फिनल्याण्ड, नेदरल्याण्ड, टर्की लगायतका ३० वटा विभिन्न देशबाट ३०० भन्दा बढि युवाहरु सम्मेलनमा सहभागी हुने आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिए ।

नेपालजस्तो विकासोन्मुख राष्ट्रमा युवाहरूको व्यवसायिक कृयाशिलताबिना देश विकास सम्भव नहुने भन्दै युवालाई व्यवसाय गर्न सहज वातावरण बनाउन सम्मेलन आयोजना गरिएको हो ।

न्युयोर्कमा हुने सम्मेलन ईन्टरनेशनल युथ सोसाईटी, कम्युनिटी डेभलपमेन्ट, इन्टरनेशनल युथ डेप्लोमेसी कन्फरेन्स, फेडेरेसन अफ मिनियम युटेन्सिल म्यानिफ्याक्चर्स लगायतका ८ वटा संस्थाहरुले आयोजना गर्ने भएका हुन् ।

२०२३ मात्र नभएर ईन्टरनेशनल युथ सोसाईटी संस्थाले नेपालका युवाहरुलाई विश्वका विकसित देशमा अन्तराष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने र नेपालनमा पनि यस्ता सम्मेलन आयोजना गरिने तयारी गरेको छ ।