Logo

मेघनाथ पहाडी

मंसिर ८, २०७९ बिहीबार

सरल सहयात्री भारी मतले निर्वाचित


काठमाडौँ । सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनले भारी मतअन्तरका साथ एमालेका होमनारायण श्रेष्ठलाई पराजित गरेका हुन् ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्षसमेत रहेका सरल सहयात्रीले ४ हजार २ सय ४३ मतका साथ एमालेका श्रेष्ठलाई पराजित गरे । सरलले १७ हजार २ सय ५६ मत ल्याए भने एमालेका श्रेष्ठले १३ हजार १३ मत पाएका थिए ।

एमालेका उम्मेदवार श्रेष्ठ जुगल गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । श्रेष्ठ गाउँपालिका महासंघका पूर्वअध्यक्षसमेत हुन् । प्रदेशसभाको यो निर्वाचन क्षेत्रमा राप्रपाका दिपक थापाले २ हजार ६ सय २६ मत ल्याएका थिए । त्सैगरी स्वतन्त्र उम्मेद्वार भक्तबहादुर भण्डारीले ७ सय ७४ मत प्राप्त गरेका छन् ।