Logo

बागमती पेज

मंसिर १२, २०७९ सोमबार

मुटु रोगको कारक तत्त्व तनाव पनि हो: डा.भट्ट


काठमाडौँ । पछिल्लो समय मुटु रोगका बिरामी दिनानुदिन बढ्दै गइरहेको पाइन्छ । विलासी जीवनशैली शारीरिक अभ्यासको कमी, खानपानमा ध्यान नदिँदा, धूम्रपान मध्या पान जस्ता कुरामा ख्याल नगर्दा युवा समूहका धेरैलाई मुटु रोगले पिरोल्दै आइरहेको छ । 

चिकित्सकहरूका अनुसार युवा समूहका धेरै पुरुष तथा महिलाहरूले धुम्रापान र मध्या पान गर्छन् जस कारण उच्च रक्तचाप बढ्छ । रक्तचापमा असर भएमा यसले मुटुमा असर गर्छ । उच्च रक्तचापले मुटुमा भार बढाउने, हृदयाघात, स्ट्रोक तथा मिर्गौलामा असर पुराउनुका साथै आँखामा समेत असर पुराउँछ । 

हाम्रो शरीरमा दुई किसिमको कोल्ड स्टोर हुन्छ । एउटा राम्रो कोल्ड स्टोर (एसडिएल) र अर्को नराम्रो कोल्ड स्टोर (एलडिएल) हुन्छ । खराब कोल्ड स्टोरले रक्त नलीलाई खराब बनाई रक्त नली बन्द गराउँछ जस कारण हृदयाघात तथा मुटु रोगको सम्भावना बढाउँछ । असल कोल्ड स्टोरले रक्त नलीको रक्षा गर्दे हृदयाघात हुनबाट बचाउँछ । 

चिनीको मात्र बढी भएमा पनि शरीरका विभिन्न अङ्गमा असर पुराई रक्त नलीमा समेत असर गर्छ । त्यसैले चिकित्सकहरूले मुटु रोगबाट बाँच्न विभिन्न कुराको ध्यान दिन सुझाएका छन् । 

मुटु रोग विशेषज्ञ डा.यादव कुमार भट्टका अनुसार, मुटु रोगको अर्को प्रमुख कारण तनाव हो । मानव जीवनशैलीका क्रममा धेरै तनाव हुने गर्छ जस कारण मानिसहरूले समयमा खान नखाने, समयमा नसुत्ने तथा धूम्रपान र मध्या पान बढी गर्ने गर्दछन् जस कारण उच्च रक्तचाप बढी हुन्छ र हृदयाघात तथा मुटु रोग बढ्ने सम्भावना हुन्छ ।  

डा. यादव भन्छन्,“मुटु रोगबाट बाँच्न खानपानमा ध्यान दिनु जरुरी छ । शरीरमा कोल्ड स्टोर बढ्न नदिन हामीले चिल्लो कम खानुपर्दछ । घिउ, मह र जम फुडलाई मिलाएर खानुपर्दछ । यदि कसैले मुटु रोगको औषधी सेवान गरिराख्नुभएको छ भने नियमित रूपमा औषधीको सेवान गर्नुपर्दछ र तनावलाई कम गर्न जरुरी छ ।”

मुटु रोग निकै भयानक रोग हो जुन रोग लागेपछि उपचार पश्चात् निको त हुन्छ तर समयमा ख्याल नगर्दा यसले अकालमै ज्यान पनि जान सक्छ । त्यसैले नियमित व्यायाम गर्नाले, समयमा सुत्नाले, चिकित्सकको सल्लाह अनुरूप मुटुको कसरत गर्दा, धुमपान तथा मध्या पान नगर्दा, खानपानमा ध्यान दिँदा मुटु रोग तथा हृदयाघातबाट बाँच्न सकिन्छ ।