Logo

बागमती पेज

मंसिर १३, २०७९ मंगलबार

एमाले मुख्यालयमा स्वस्ति शान्ति, ओलीलाई प्रधानमन्त्री बन्न शुभकामना


काठमाडौं । नेकपा एमालेको एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिइएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले स्वस्ति शान्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।

मन्त्रोच्चारणपछि तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । अनि उनले ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना पनि दिएका थिए।

कार्यक्रममा महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो।