Logo

बागमती पेज

मंसिर १४, २०७९ बुधबार

अर्काको नाममा ‘लाइसेन्स परीक्षा’ दिने युवक पक्राउ


काठमाडौं । अर्काको नाममा सवारी चालक अनुमतिपत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको दक्षिणढोकास्थित परक्षिा केन्द्रबाट धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

आरोपी बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका हुन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको एसएसपी भट्टले जानकारी दिए ।