Logo

भवानी कार्की

मंसिर १८, २०७९ आईतबार

दोलखा: एमालेका शिवाकोटीको फराकिलो अग्रता, प्रदेशमा एमालेका केसी विजयी


काठमाडौँ । प्रतिनिधिसभाको दोलखामा जारी मतगणना अनुसार शुरुवाती अग्रता लिएका गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार गङ्गा बहादुर कार्कीलाई एमालेका बालकृष्ण शिवाकोटीले पछि पारेका हुन् ।

भर्खरै सार्वजनिक पछिल्लो जानकारीअनुसार ३७ हजार २ सय २० मत गणना गर्दा एमालेका शिवाकोटीले १७ हजार ५ सय २८ मत प्राप्त गर्नुभएको छ भने माओवादीका कार्कीले १५ हजार ७ सय मत प्राप्त गरेका छन् । शिवाकोटी र कार्कीबिचको मतअन्तर १ हजार ८ सय २८ रहेको छ ।

त्यसैगरी दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत केसी विजयी भएका छन् ।

कांग्रेसका बर्मा लामालाई पराजित गर्दे केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् ।

काँग्रेसका लामाले एक हजार ८ सय १९ को मतान्तरले हार व्यहोरेका छन । २०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएर एक कार्यकाल विताएका केसीलाई प्रदेशको यात्राका लागि एमालेले यो पटक प्रदेशसभा २ मा उम्मेदवार बनाएको थियो ।

लामा यसअघि अघिल्लो स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए भने अघिल्लो प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उनी प्रदेशसभा १ वाट उम्मेदवार बनेका थिए । तर, उनी दुवै निर्वाचनमा सफल हुन सकेनन् । तेश्रो पटकको निर्वाचनमा पनि लामा पराजित भएका छन् ।

अन्तर्घात भएर चुनाव हारियो, नेताहरुलाई कारवाही हुन्छ: उम्मेदवार बर्मा लामा