Logo

भवानी कार्की

मंसिर १८, २०७९ आईतबार

काङ्ग्रेसका काफ्लेको झण्डै ५ हजार मतको फराकिलो अग्रता, एमालेका श्रेष्ठ पछि परे…


काठमाडौँ । दोलखामा जारी मतगणमा अनुसार प्रदेशसभा १ मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेद्वार कुन्दनराज काफ्लेले फराकिलो अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेद्वार नर बहादुर श्रेष्ठलाई ४ हजार ९ सय ३३ मतले पछि पार्दै काफ्लेले अग्रता लिएका हुन् । ३३ हजार ३ सय १६ मत गणना गर्दा काङ्ग्रेसका काफ्लेले १७ हजार ४ सय ३० मत प्राप्त गर्नुभएको छ भने एमालेका श्रेष्ठले १२ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।

शुरुवातदेखिको अग्रता कायम राखेका काफ्लेले आफ्नो गृह पालिका तामाकोशीबाट ३ हजार बढी मत पाएपछि अग्रता झनै फराकिलो भएको हो । एमाले दोलखाका अध्यक्ष समेत रहेका श्रेष्ठलाई आफ्नै गृह पालिका मेलुङबाट करिब २ सय मत मात्र बढी आएको थियो ।

गठबन्धनको बलियो क्षेत्र मानिने बैतेश्वर गाउँपालिकाको मतगणनाको नतिजा आउन बाँकी भएपनि काफ्लेको भन्दा श्रेष्ठको मत कम आउने अनुमान छ ।