Logo

बागमती पेज

मंसिर १९, २०७९ सोमबार

लिस्तीमाईको शाखा यूरोपमा विस्तार, युवा व्यवसायी मुके शेर्पाको विश्वभर पुर्याउने योजना


काठमाडौँ । ललितपुरमा विगत ३० बर्ष देखि लिस्तीमाई उद्योग प्रालि मार्फत कपडा उद्योग संचालन गर्दै आएका सिन्धुपाल्चोकका व्यवसायी मुके शेर्पाले यूरोको इटली स्थित मिलान शहरमा लिस्तीमाई उद्योगको शाखा संचालन गरेका छन् ।

मंसिर १ गते देखि इटलीको शाखा मार्फत नेपालको आफ्नो उत्पादन बजारमा ल्याएको शेर्पाले बताए । उनले इटालिमा मात्र नभएर आफ्नो उत्पादन विश्वभर पुर्याउने योजना रहेको समेत जनाएका छन् ।

नेपालको उद्योगबाट उत्पादन भएका उलनका कपडाहरु यूरोपका विभिन्न देशबाट माग बढ्न थालेपछि इटलीमा शाखा स्थापना गरेको युवा व्यवसायी शेर्पाको भनाई छ ।

पस्पिना तथा उलन कपडाको उद्योग संचालन गर्दै आएका मुके शेर्पा समाज सेवा र राजनितिमा समेत सकृय छन् । व्यवसायी शेर्पाले ०७४ सालको स्थानीय तहको निर्वाचनमा भोटेकोशि गाउँपालिका वडा नं १ बाट निर्वाचित भएर जनताको सेवा समेत गरेका थिए ।