Logo

बागमती पेज

मंसिर २९, २०७९ बिहीबार

उपत्यकासँगै देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढेको भन्‍दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे । तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ ।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ ।