Logo

बागमती पेज

पुस ४, २०७९ सोमबार

टोखाको मनोहर माविका प्रअ यौन दुर्व्यवहार आरोपमा पक्राउ


काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । प्रअ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एकजना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी थिइन् ।

भट्टराईलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । छात्राले दिएको उजुरीका आधारमा उनीविरुद्ध ‘बालबालिका विरुद्धको कसुर’मा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

प्रधानाध्यापक भट्टराईमाथि बालबालिका विरुद्धको कसुर–२०७५ को दफा ६६ अनुसार म्याद लिएर प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान शुरु गरेको छ ।