Logo

बागमती पेज

पुस ९, २०७९ शनिबार

निर्मलकुमार थापाको कथा संग्रह ‘एकान्त’ सार्वजनिक


साहित्यकार निर्मलकुमार थापाको नयाँ कथाहरुको संग्रह एकान्त राजधानीमा एक भव्य समारोहमाझ विमोचन गरीएको छ । लोकप्रिय प्रयोगवादी लेखक कुमार नगरकोटी र नेपाली सिनेमा उद्योगका चर्चीत कलाकार तथा अध्यात्मीक उत्प्रेरक निखील उप्रेति, शिल्पी थेयटरको प्रमुख निर्देशक घिमिरे युवराज र लेखक स्वंयमले कृतिको लोकार्पण गरेका थिए ।

निखील, निर्मल र नगरकोटीको त्रियोगीय संवादशैलीको विमोचन कार्यक्रममा सहजकर्ताकोरुपमा नाटक निर्देशक घिमिरे युवराजको बिशेष टिप्पणीणात्मक जोडान रहेको थियो । कार्यक्रममा नगरकोटीले निर्मल थापासँगको जेब्राक्रसीगं भेटको स्मरण खुलाउँदै आपसमा आम कुराकानी मात्र भन्दा पनि सत्सँग भन्न मिल्ने बताउँदै थापाको सम्मानमा तीनवटा उत्कृष्ट कविता वाचन गरेका थिए ।

त्यस्तै सिनेमाहस्ती एक्सन किंगको उपाधी पाएका स्टार निखिल उप्रेतिले नेपाली सिनेमा निर्माण सवल नहुनुमा राम्रा कथा पनि नहुनु औल्याउँदै सिनेमाका कथाहरु विभिन्न सिनेमाका कथाहरुमा थोरै थोरै लिइने र बनाइने परम्परा रहेको बताए । आफुले साहित्यकारहरुसँगको उठबस र लेखपढको गम्भिरता निर्मल थापासँगको सम्बन्धपछि नै अघि बढेको उनको भनाई थियो ।

थापा र नगरकोटीजस्ता शब्दका महारथीहरुजस्ता लेखकले सिनेमाका कथाहरु पनि लेख्नुपर्यो अरु सृजनसील कथाकारलाई पनि आएमा सिनेमाको आयतन अझ बढ्ने बताए । पछिल्लो समयमा निरन्तररुपमा युवाहरुलाई समबोधी अभियानका माध्यमबाट जोड्दै फरक व्यक्तित्व निर्माण गरेका निखील उप्रेतिले विमोचित कृती एकान्तको सर्सती अध्ययनभन्दा पनि कृति लेखीनुपहिलेको अवस्था र कृति प्रकाशित भइसकेपछिको मनोदशाबारे पनि अध्ययन गरीसकेको अभिव्यक्ति दिइरहदा हलमा ताली गुञ्जिएको थियो ।

सर्जक निर्मल थापाले लेखेका पूर्वप्रकाशित कथाहरु एकादेशमा र एकालाप पछिको ट्रीओलजी अन्र्तगतको अन्तिम कृतीका रुपमा एकान्त प्रकाशित भएको हो । यस कथा संग्रहमा लेखकका उन्नाइसवटा नयाँ कथाहरु समावेश गरिएका छन् । पुस्तकलाई नेपाल सेन्टरले प्रकाशन ल्याएको हो ।

नेपाल लगायत विश्वव्यापी सांस्कृतीक सञ्जाल भएको संस्थाले यस अघि टिपि पौडेलको कृति क्रन्ति, देवघाट र विद्रोह, कोभिड कथाहरु, इनोसेन्स जस्ता सृजनाहरुले सार्वजनिकीकरण गरिसकेको छ । एकान्तको मुल्य पाँच सय राखिएको छ भने यसको उपलब्धता देशभरका मुख्य पुस्तकपसल तथा अनलाईन मार्फत अर्डर गर्न सकिने कुरा बजार व्यवस्थापक बिनय दत्तले बताए ।