Logo

बागमती पेज

पुस १६, २०७९ शनिबार

राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन


काठमाडौं : गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन गरेको छ । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो ।

टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ ।

यस विषयमा गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल पनि गरेका थिए । सो क्रममा लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए ।