Logo

बागमती पेज

पुस २१, २०७९ बिहीबार

सांसद जयराम थापालाई बूढानीलकण्ठ नगरपालिकाको बधाई


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले बुधवार भेटघाट कार्यक्रम आयोजना गरी नवनिर्वाचित बागमती प्रदेश सांसद माननीय जयराम थापालाई बधाई तथा सम्मान गरेको छ ।

नगरपालिका प्रशासनीक भवनको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने सहित जनप्रतिनिधि तथा महाशाखारशाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

काठमाडौँ क्षेत्र नम्बर ४ को प्रदेश ख का प्रदेस सभा सदस्य जयराम थापालाई बागमती प्रदेशसभामा निर्वाचित थापालाई नगरपालिका प्रमुख मिठाराम अधिकारीले शुभकामना व्यक्त गर्दै नगरपालिकाको समृद्धि र विकास लक्षित नीति तथा कार्यक्रमहरुका वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सांसद थापाले नगरपालिकाले दिएको सम्मान र सद्भावको कदर गर्दै प्रदेशस्तरीय विकास निर्माणका कार्य, प्राकृतिक स्रोतसाधनको संरक्षण, प्रादेशिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा नगर र प्रदेशको साझेदारी र सहकारीता कायम राख्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।