Logo

बागमती पेज

पुस २८, २०७९ बिहीबार

प्रधानमन्त्री प्रचण्ड र जर्मन राजदूत प्रिन्सबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउँदै खुसी व्यक्त गरे भने भावी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । जवाफमा राजदूत प्रिन्सले जर्मन सधैँ नेपालकै साथमा रहेको बताए ।

यस्तै प्रधाममन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कूटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो-नेपाल पोलिसी नाम दिएको बताए ।

राजदूत प्रिन्सले प्रधानमन्त्री प्रचण्डलाई शतप्रतिशत विश्वासको मत पाएकोमा शुभकामना दिँदै प्रधानमन्त्रीत्वकाल सफल बनोस् भन्ने चाहना व्यक्त गरेका छन् ।