Logo

बागमती पेज

पुस २८, २०७९ बिहीबार

यी हुन् २०२२ मा विश्वका १० धनी व्यक्ति


काठमाडौं । अर्बपतिको डेटा राख्ने संस्था फोर्ब्सका अनुसार विश्वमा अर्बपतिको संख्या २ हजार ६६८ पुगेको छ । यो संख्या डलर अर्बपतिको हो । धनीको संख्या अमेरिकामा धेरै छ । तर सन २०२२ मा सबैभन्दा धनी ब्यक्ति फ्रान्सेली नागरिक भएका छन् ।

यो वर्ष सूचीको उपल्लो १० स्थानमा रहेका अर्थात सबैभन्दा धनी व्यक्ति यस प्रकार छन् ।

१.बनार्ड अर्नोल्ट
फ्रान्सेली नागरिक बनार्ड अर्नोल्ट ७३ बर्षका छन् । उनी पेरिसमा बसोबास गर्दछन् । बनार्ड अर्नोल्ट विलासिताका वस्तुको व्यापार गर्ने एक कम्पनीका मालिक र सिइओ हुन् । त्यो कम्पनीमा उनीको ४२ प्रतिशत शेयर छ । उनीसंग १६४ विलियन डलर बराबरको सम्पति छ ।

२.एलन मस्क
दक्षिण अफ्रिकमा जन्मिएर क्यनाडा हुँदै अमेरिका पुगेका ५१ बर्षीय एलन मस्क टेक्सासका बसोबास गर्दछन् । उनी विद्युतीय मोटर उत्पादन गर्ने टेस्ला कम्पनी र सेटलाईट उत्पादन गर्ने स्पेश कम्पनीका सहसंस्थापक हुन् । भरखरै उनले माइक्रो ब्लगिङ कम्पनी ट्वीटर खरिद गरेका छन् । उनीसँग १२८ विलयन डलर बारबरको सम्पति छ ।

३.गौतम अडानी
७० बर्षीय अडानी भारतीय हुन्। उनी नयाँ दिल्लीको गुडगाउँ इलाकामा बसोबास गर्दछन् । उनीसँग ११९ विलियन डलर बराबरको सम्पति छ । सन् १९८८ मा अडानी इन्टरप्राइजेजबाट उनले आयातनिर्यात व्यापार सुरु गरेका थिए । उनको अडानी समूहमा अहिले दर्जनौं कम्पनी छन्।

४.बिल गेट्स
६७ बर्षीय बिल गेट्स अमेरिकी हुन् । उनी वासिङगटनमा बस्दछन्। विश्वको चर्चित कम्प्युटर सफ्टवेयर कम्पनी क्राइक्रोसफ्टका उनी संस्थापक हुन् । उनको सम्पति १०९ विलियन डलर बराबर छ । उनले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत् परोपरकारी कामका लागि ठूलो रकम खर्च गर्दछन् ।

५.जेफ बेजोस
५८ बर्षिय जेफ बेजोस अमेजन डट कमका मालिक हुन् । यो एक अनलाइन विक्रीवितरण गर्ने कम्पनी हो । सियाटलबाट उनले यसको सुरुवात गरेका थिए । यो कम्पनीको १७ प्रतिशत शेयर उनीसँग छ । सन् २०२२ मा यो कम्पनीले संसारकै सर्वाधिक ७६ प्रतिशतको पुँजीगत बृद्धि गरेको थियो । अहिले उनी वासिङगटनमा बस्छन् । उनको सम्पति १०९ विलियन डलर बराबर रहेको बताइन्छ ।

६.वारेन बफेट
१४ बर्षको उमेरदेखि व्यापारमा संलग्न भएका ९२ बर्षीय बफेटको मुख्य कारोबार टेक्सटाइल उद्योग हो । उनी अमेरिकाको नेब्रास्कामा बस्दछन्। उनको सम्पति १०८ विलियन डलर बराबरको छ । परोपकारी काममा धेरै खर्च गर्ने व्यक्तिमा बफेट पनि पर्दछन । उनले अहिलेसम्म बिल एण्ड मेलिन्डा फाउन्डेसनलाई ४१ विलियन डलरको कोष उपलब्ध गराएका छन्।

७.ल्यारी इलिसोन
७८ बर्षीय अमेरिकी नागरिक ल्यारी इलिसन इलेक्ट्रोनिक इन्जिनियर हुन् । उनले सन् १९६६ बाट कम्प्युटर प्रोग्रामरका रुपमा १९ बर्षको हुँदा आफ्नो करिअर सुरु गरेका थिए । न्यूओर्कमा जन्मिएका ल्यारी अहिले हवाईमा बस्दछन् । अहिले उनीसँग ९२.९ विलियन डलरको सम्पति छ । उनको कम्पनी संसारकै दोस्रो ठूलो सप्टवेयर उत्पादक हो ।

८.मुकेश अब्बानी
६५ बर्षीय मुकेश अब्बानी भारतीय हुन्। उनी मुम्बईमा बस्छन् । उनी रिलाइन्स ग्रुप अफ इन्ड्रस्टिजका मालिक हुन् । उनीसँग ८७.३ विलियन डलर बराबरको सम्पति छ । उनको मुख्य आय रिलायन्सको तेल प्रशोधन कम्पनीबाट हुने बताइन्छ ।

९.स्टिभ वाल्मर
६६ बर्षीय अमेरिकी वाल्मरले लामो समय विल गेट्सको माइक्रोसप्ट कम्पनीमा काम गरेका थिए । सन् २०११ मा उनले स्काइप किनेका थिए । अहिले पनि उनी माइक्रोसपटका शेयर होल्डर छन् भने अन्य क्षेत्रमा पनि व्यापार फैलाएका छन् । उनीसँग ८५.८ विलियन डलर बराबरको सम्पति छ । उनी बासिङटनमा बसोबास गर्दछन् ।

१०.ल्यारी पेज
४९ बर्षीय ल्यारी पेजको आमदानीको स्रोत गुगल र यूटुब हो । उनी गुगलका संस्थापक थिए र पछि गुगलले टुट्युब किनेको थियो । अनर्डोइड मोबाइल फोन अपरेटिङ सिष्टम पनि उनकै कम्पनीले निकालेको थियो । अहिले उनीसँग ८३.८ विलियन डलर बराबारको सम्पति छ ।