Logo

बागमती पेज

माघ ३, २०७९ मंगलबार

बागमती प्रदेशसभा कांग्रेसका मुख्य सचेतकमा कुन्दन काफ्ले चयन


काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले बागमती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।

बैठकमा दल नेता बहादुरसिंह लामाले उनलाई मनोनीत गरेको विषयमा जानकारी गराएको सांसद छिरिङदोर्जे लामाले जानकारी दिए । काफ्ले प्रदेशसभामा दोलखाबाट निर्वाचित सांसद हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका थिए । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।